Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पद्वारा १२ देशका नागरिकमाथि पूर्ण, ८ देशमाथि आंशिक यात्रा प्रतिबन्ध

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, ०८ : ४५ मा प्रकाशित

ट्रम्पद्वारा १२ देशका नागरिकमाथि पूर्ण, ८ देशमाथि आंशिक यात्रा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चिन्तालाई प्रमुख कारण देखाउँदै अमेरिका प्रवेशमा कडा नियम लागू गरेका छन्। हालै उनले एक कार्यकारी आदेशमार्फत १२ देशका नागरिकहरूलाई अमेरिका छिर्न नपाउने घोषणा गरेका छन्।

ट्रम्पले हस्ताक्षर गरेको आदेश अनुसार अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई पूर्ण प्रतिबन्ध लागु हुनेछ। यिनले अब अमेरिकी भुमिमा प्रवेश पाउने छैनन्।

यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाजस्ता देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ। रोयटर्सले जनाएअनुसार, यी देशका नागरिकहरूको अमेरिका प्रवेशमा विशेष अवस्था वा कडाइका साथ अनुमति दिइनेछ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल' मा भिडियोमार्फत भनाइ सार्वजनिक गर्दै, "हामी हाम्रो देशमा जोखिम निम्त्याउनेहरूलाई स्वागत गर्दैनौं," भनेका छन्। उनले प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा आगामी दिनमा थप संशोधन हुनसक्ने संकेत पनि गरेका छन्।

यी नयाँ प्रतिबन्धहरू आगामी जुन ९ देखि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। अमेरिका प्रवेशमा यी नीतिहरूले अन्तर्राष्ट्रिय यात्रुहरू र कूटनीतिक सम्बन्धहरूमा नयाँ तरंग ल्याउने देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको