Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद जारी गर्न नेपाल इन्स्योरेन्सले तय गर्यो बुक क्लोजको मिति

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, ११ : २२ मा प्रकाशित

हकप्रद जारी गर्न नेपाल इन्स्योरेन्सले तय गर्यो बुक क्लोजको मिति

नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको हो, जसअनुसार जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन्।

धितोपत्र बोर्डले कम्पनीलाई हालको चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्न जेठ ७ गते स्वीकृति दिएको थियो। अब कम्पनीले लगभग ६५ करोड ७६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दैछ।

जसअन्तर्गत १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ कित्ता सेयर बिक्री गरिनेछ। हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेको छ, जुन हकप्रद बिक्रीपछि बढेर २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ।

योसँगै नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँको सर्त पनि पुरा हुनेछ। हकप्रद सेयर बिक्रीको प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको