Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, ०९ : २१ मा प्रकाशित

नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको  छ । 

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सभा यही पुस २९ गते ७७ औं साधारणसभा बोलाएको हो। सभा काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।  साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको