Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनका लागि पिपुल्स पावर बुक क्लोज मिति तय

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १० : ०६ मा प्रकाशित

हकप्रद निष्कासनका लागि पिपुल्स पावर बुक क्लोज मिति तय

पिपुल्स पावर लिमिटेडले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यस कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । 

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएकाले यस कम्पनीको १० कित्ता साधारण शेयर हुनेले ५ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।


 

68426dd246ba5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको