Like us!
Follow us!
Connect us!
Watch us!

दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा स्थगित, गणपूरक संख्या नपुगेपछि कार्यसूची बढेन अगाडि

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १२ : ५९ मा प्रकाशित

दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा स्थगित, गणपूरक संख्या नपुगेपछि कार्यसूची बढेन अगाडि

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले जेठ २२ गते आह्वान गरेको अघिल्ला दुई आर्थिक वर्षका लागि तय गरिएको वार्षिक साधारणसभा स्थगित गरिएको छ।

कम्पनीले सो सभामा शतप्रतिशत हकप्रद सेयर निष्कासनलाई प्रमुख कार्यसूचीका रूपमा राख्दै काठमाडौंको मैतीदेवीस्थित सेतोपुलको अन्नपूर्ण पार्टी भेन्यूमा आयोजना गर्ने तयारी गरेको थियो।

तर, सभा सुरु गर्न आवश्यक न्यूनतम संख्यामा सेयरधनीहरू उपस्थित नहुँदा कानुनी रूपमा सभा सञ्चालन गर्न नसकिएको कम्पनीले जनाएको छ। गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको र आगामी मिति तय गर्न सञ्चालक समितिको बैठक बसेर नयाँ सूचना प्रकाशन गरिने बताइएको छ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको थियो। यही सभामार्फत लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव भने ल्याइएको थिएन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको