नर्थ समिट हाइड्रोपावर लिमिटेडले आगामी असार १५ मा नवौं वार्षिक साधारणसभा (AGM) बोलाएको छ। सभाको समय बिहान १०:३० बजे र स्थान बबरमहलस्थित बसेरा बुटिक होटल तोकिएको छ।
सभामा छलफल र पारित हुने मुख्य एजेन्डाहरू -
- IPO प्रस्ताव -- कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।
- वित्तीय विवरण अनुमोदन -- गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ।
- खापरीक्षक नियुक्ति -- चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
- सञ्चालक समिति गठन -- आगामी तेस्रो कार्यकालका लागि सञ्चालक समिति निर्धारण गर्नेछ।
- प्रबन्धपत्र र नियमावलीमा संशोधन -- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्नेछ।
- सेवा सुविधा निर्धारण -- सञ्चालक समितिको सेवा सुविधा निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
यस सभा मार्फत कम्पनीले आफ्नो वित्तीय स्थिति र आगामी योजनाहरूका बारेमा सेयरधनीलाई जानकारी गराउनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस