निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा करिब ३ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कुल २ लाख २३ हजार २७८ वटा बीमा पोलिसी बिक्री भएका छन्।
कुनको कति ?
बैशाख महिनामा सबैभन्दा धेरै बीमाशुल्क सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ जसको रकम ३७ करोड ४० लाख रुपैयाँ छ।
त्यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड ५९ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३० करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अन्य कम्पनीहरूमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ करोड ६२ लाख, एनएलजी इन्स्योरेन्सले २८ करोड ९८ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २८ करोड ८८ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ७६ लाख, नेको इन्स्योरेन्सले २३ करोड ५ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले १७ करोड ४३ लाख, नेपाल इन्स्योरेन्सले १२ करोड ९६ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ५० लाख, ओरिएन्टल इन्स्योरेन्सले १० करोड २२ लाख, नेशनल इन्स्योरेन्सले ५ करोड ४ लाख र राष्ट्रिय बीमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस