सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही बराबरको हकप्रद सेयर निष्कासन गर्न जेठ २२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो। १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर जारी गर्न कम्पनीले अनुमति मागेको छ।
उक्त हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस