Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइ खरिदका लागि म्याद थप

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १० : ४९ मा प्रकाशित

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइ खरिदका लागि म्याद थप

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम अन्तर्गत म्युचुअल फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद असार ६ गतेसम्म थप गरिएको छ।

यस खुलामुखी योजनाका इकाइहरूमा आवेदन जेठ २३ गतेदेखि खुला गरिएको थियो र प्रारम्भिक रुपमा निष्कासन अवधि जेठ २७ गतेसम्म तोकिएको थियो। तर, अपेक्षित मात्रामा आवेदन नपरेपछि निष्कासन म्याद थप गरिएको हो।नेपाल धितोपत्र बोर्डले प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यस योजनाका लागि ४० करोड रुपैयाँ बराबरको इकाइ बिक्री खुला गर्न स्वीकृति दिएको छ। योजनाअन्तर्गत १० रुपैयाँ अंकित मूल्यमा ४ करोड इकाइ जारी गरिनेछ।

जारी गरिने इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाइ कोष प्रवर्द्धक प्रभु बैंक र थप ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ। सर्वसाधारणका लागि भने २ करोड ५० लाख इकाइ खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ३१ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखामार्फत वा सीडीएससीको मेरो सेयर प्रणाली प्रयोग गरी दिन सकिनेछ।  यस योजनाको क्रेडिट रेटिङमा प्रभु बैंकलाई इक्रा नेपालले इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ नेपालले केयर एनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको