Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा शाखा विस्तार

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १४ : १२ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।

बैंकले धनुषा जिल्लास्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्लास्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्लास्थित शाखा कार्यालय झलारी, कैलाली जिल्लास्थित शाखा कार्यालय टिकापुर र सुख्खडमा शाखा विस्तार गरी कारोबार थालेको हो । त्यसैगरी काठमाडौं जिल्लास्थित शाखा कार्यालय कपन, रुपन्देही जिल्लास्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्लास्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्लास्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्लास्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ ।

साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको