Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सव सम्पन्न

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १५ : १३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औं वार्षिकोत्सव भव्य रूपमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भयो। 

अध्यक्ष पाण्डेयले विगतमा भएका सम्झौता कार्यान्वयन नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ती बुँदाहरू तुरुन्त सम्बोधन नभए कडा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए।

पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले वार्षिकोत्सवको उद्घाटन गर्दै श्रमिकको रोजगारी, सेवा तथा सुविधा सुनिश्चित भएमा उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने धारणा राखे। हाल राष्ट्रिय वाणिज्य बैंकमा चलिरहेको आन्दोलनप्रति महासंघको ऐक्यबद्धता व्यक्त गर्दै आवश्यक पहल र सहजीकरण गरिने प्रतिबद्धता पनि जनाए। कार्यक्रममा संघका पूर्व अध्यक्ष शिवकुमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकाल, निमिक्त प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संघ अध्यक्ष रामहरी घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वरबहादुर सिंह र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्की लगायत वक्ताहरूले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा 'योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरू' विषयमा जानकी कुमारी न्यौपाने प्रथम, रमा पराजुली दोस्रो र राकेश कुमार राय तेस्रो भए। कुर्सी दौड प्रतियोगितामा रेनुका न्यौपाने प्रथम, एलिना गौतम दोस्रो र कोपिला ढकाल तेस्रो भए। विजयी प्रतियोगीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रममा पेशागत हक–हित र संस्थाको सम्वर्द्धनबारे व्यापक छलफल भएको संघले जनाएको छ। यस वर्ष संघको कर्णाली प्रादेशिक समिति कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिँदै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ।

संघका महासचिव रविन्द्रप्रसाद चौंलागाईले कार्यक्रम सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए। वार्षिकोत्सवको अवसरमा रक्तदान, स्वास्थ्य शिविर तथा सातवटै प्रदेशमा विविध सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको