Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकामा भ्रष्टाचार गरेको आरोपमा सूचना विभागका महानिर्देशक प्रदिप परियार निलम्बित

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १६ : ४९ मा प्रकाशित

काठमाडौं महानगरपालिकामा भ्रष्टाचार गरेको आरोपमा सूचना विभागका महानिर्देशक प्रदिप परियार निलम्बित

काठमाडौं महानगरपालिकामा कार्यरत हुँदा भ्रष्टाचार गरेको आरोपमा सूचना तथा प्रशारण विभागका महानिर्देशक प्रदिप परियारलाई निलम्बित गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुशी क्षेत्रमा ढल निर्माण परियोजनामा अनियमितता भएको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

आयोगले सामाखुशी म्हैपी क्षेत्रमा गरिएको ढल निर्माण ठेक्कामा चार करोड ३१ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको पाइएको बताउँदै काठमाडौं महानगरपालिकाका निर्देशकहरू रविन्द्र मान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गरी, सहायक निर्देशक उत्तम दाहाल लगायतका विरुद्ध मुद्दा दायर गरेको छ।

यस घटनाका कारण महानिर्देशक परियारलाई निलम्बन गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको