Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको संस्थाप सेयर लिलाम बिक्रि, मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, ०८ : ११ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको संस्थाप सेयर लिलाम बिक्रि, मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाप सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले ५३ हजार कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरि लिलामीमा राखेको हो ।

यसमा कम्पनीका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ४३५ रुपैयाँ तोकिएको छ । यसमा आज जेठ २९ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिंदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण सेयर खरीद गर्न सकिने व्यवस्था गरिएको छ । बोलपत्र आवेदन फाराम काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ ।

684a3d9194d49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको