नेपाल धितोपत्र बोर्डले अक्षय कोषको रकम मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले रकम मुद्दतिमा राख्न इच्छुक ‘क’ वर्गका बैंकहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको हो ।
बोर्डले नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम उक्त लगानी प्रक्रिया अघि बढाउन लागेको हो । बोर्डले असार ५ गतेको कार्यालय समयभन्दा एक घण्टा अगाडि सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रस्ताव पेश गर्दा एक वर्षे मुद्दती खातामा दिन सकिने ब्याज दर तथा लगानी सम्बन्धी नीतिअनुसार योग्यता खुल्ने कागजात संलग्न गर्नु पर्ने जनाएको छ ।
उक्त सिलबन्दी प्रस्तावहरू सोही दिन अपरान्ह ५ः०५ बजे बोर्डको कार्यालय खुमलटार, ललितपुरमा खोलिने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस