Like us!
Follow us!
Connect us!
Watch us!

मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

सोमबार, ०२ असार २०८२, ११ : ०४ मा प्रकाशित

मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

मकरी गाड हाईड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ।

यसका लागि कम्पनीले आगामी असार १८ गते साँझ ५ बजे आफ्नै रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको छ। उक्त सभामा अधिकृत र जारी पूँजी वृद्धि गर्ने र त्यसपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, आईपीओ बाँडफाँडपछि प्राप्त हुने पूँजीको उपयोग र आवश्यकताअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको