Like us!
Follow us!
Connect us!
Watch us!

माबिलुङ इनर्जी १८ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, बोर्डले दियो अनुमति

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १३ : ३१ मा प्रकाशित

माबिलुङ इनर्जी १८ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, बोर्डले दियो अनुमति

माबिलुङ इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।

कम्पनीले असार १ गते बोर्डबाट लगभग १९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको हो।

माबिलुङ इनर्जी लिमिटेडले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ जारी गर्ने योजना बनाएको छ।यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि खुला हुनेछ। आईपीओ निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको