अर्थसंसार, काठमाडौं – संखुवासभामा आयोजना स्थल रहेको १५ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजनामा ३ बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।
सो आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा सेन्चुरी कमर्सियल बैंक र सिभिल बैंक लिमिटेडले १ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन् ।
बैंक र आयोजना प्रर्वद्धधक मायाखोला हाइड्रो पावर कम्पनीबीच बुधबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
सो आयोजनामा सिटिजन्स बैंकले ७५ करोड तथा सेन्चुरी र सिभिल बैंकले ५०÷५० करोड लगानी गर्ने सम्झौता भएको हो ।
कूल २ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा ७५ करोड रुपैयाँ स्वपुँजी रहेको छ । आयोजनामा ७० प्रतिशत संस्थापक सेयरधनीको र बाँकी ३० प्रतिशत साधारण सेयर रहने छ ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् नेपाल विद्युत प्राधिकरणले संखुवासभाको बानेश्वरमा निर्माण गर्ने १३२ केभी सबस्टेसनमा लगेर जोडिने छ । उक्त सबस्टेसनसम्म पुरयाउन आवश्यक पर्ने ५ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।
सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई निर्माण गर्न दिएका विभिन्न ६ आयोजनामध्येको एक आयोजनाको रुपमा माया खोला खोला रहेको छ ।
२०७६ पुसमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना गत असोजदेखि नै निर्माण सुरु गरिएको कम्पनीको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस