एनएमबि बैंक लिमिटेडले करिब ३ लाख कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले दुई जना संस्थाप सेयर धनीको नाममा रहेको २ लाख ९० हजार २९६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
जसमध्ये संस्थापक सेयरधनी काली दाश गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता र कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता सेयर रहेको छ । उक्त सेयर हाल बैंकका अन्य विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो । बैंकमा विद्यमान सेयरधनीहरुले उक्त सेयरमा ३५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेत । आवेदन काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । निवेदन प्राप्त भएपछि खरीदकर्ता र बिक्रेताको आपसी सहमतिमा प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
यस अवधिभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस