साथै सोही कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद रु. एक लाख एक हजार पनि हस्तान्तरण गरेको छ । समयमै उपचार प्राप्त गर्नु सबैको अधिकार हो र राजधानीको नजिक भएतापनि यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको तथ्य हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए ।युनाइटेड सिमेन्टको यो सहयोग अति स्वागत योग्य रहेको डा. भट्ट तथा स्थानियबासिको भनाई रहेको छ । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहलाई सम्मान गर्दै नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिबद्घता व्यक्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस