Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँछन् बोनस ?

अर्थ संसार

विहीबार, ०५ असार २०८२, १० : ३० मा प्रकाशित

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँछन् बोनस ?

राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।

 कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै आफ्नो मुनाफामा सहभागी हुने किसिमका सबै प्रकारका जीवन बीमा पोलिसी (बोनस आर्जन गर्ने) मा प्रति हजार बीमांक रकममा वार्षिक ५५ रुपैयाँ बोनसदर लागू गरिएको जानकारी दिएको हो। कम्पनीले बोनसदर बीमांकीय मूल्यांकनको आधारमा समयअनुसार परिवर्तन हुन सक्ने स्पष्ट पारेको छ।

यसैगरी, कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि २०६९/७० सम्म सक्रिय रहेका जम्मा १,६२,७२१ बीमा पोलिसीहरूको आर्थिक स्थिति र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले माघ १७ गते स्वीकृत गरेको जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको