राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेर विरोध जनाएको छ।
आफुले उठाएका मागप्रति सरकार गम्भीर नभएको भन्दै रास्वपाले संसदमा आन्दोलन जारी राखेको हो। यद्यपि संसद बैठक भने निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएपछि रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाए। त्यसक्रममा सभामुखले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए।ढकालले सरकार जनताको, विशेष गरी भुइँमान्छेका आवाज सुन्न असफल भएको आरोप लगाउँदै संसदमा विरोध जारी रहने बताएका थिए। त्यसपछि रास्वपाका सांसदहरू वेल अगाडि पुगेर प्रदर्शनमा उत्रिएका हुन्।
यसैबीच, राप्रपाले भने आजको संसद बैठक बहिष्कार गरेको छ। सभामुख घिमिरेले आजको बैठकमा शून्य समय हटाइएको जानकारी पनि बैठकमा दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस