मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सातजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेका १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थाले प्रकाशित सूचना अनुसार, ती सेयरहरूमा हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्। संस्थापकले तोकिएको समयसीमा भित्र आवेदन नदिएमा कम्पनीले ती सेयरहरू सर्वसाधारणलाई बिक्री खुला गर्ने प्रक्रिया अगाडि बढाउनेछ।
बिक्रीमा राखिएका सेयरहरूका लागि कम्पनीले तीन अलग–अलग मूल्य दर निर्धारण गरेको छ।
२ लाख १४ हजार ७०६ कित्ताको प्रतिकित्ता मूल्य रु ३२०
३६ हजार ८१० कित्ताको प्रतिकित्ता मूल्य रु ३२५
२० हजार ८५६ कित्ताको प्रतिकित्ता मूल्य रु ३४०
संस्थाका अनुसार, तोकिएको मूल्यमा सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। इच्छुकले कम्पनीको सम्पर्क कार्यालय – सीतापाइला, काठमाडौंमा निवेदन दर्ता गर्नुपर्नेछ।
यदि निर्धारित ३५ दिनभित्र संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन प्राप्त भएन भने बाँकी रहेको सेयरलाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्ने सम्भावना रहेको संस्थाले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस