Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले ९८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्यायो, सर्वसाधारणले पनि किन्न सक्ने

अर्थ संसार

शुक्रबार, २० असार २०८२, ०७ : १० मा प्रकाशित

गरिमा विकास बैंकले ९८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्यायो, सर्वसाधारणले पनि किन्न सक्ने

गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ९८ हजार २८ दशमलव ८४ कित्ता सेयर बिक्री खुला गरेको हो।

बैंकले यसअघि यो सेयर अन्य संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरिसकेको थियो। अब भने जो कोही सर्वसाधारण लगानीकर्ताले पनि उक्त सेयर खरिद गर्न सक्नेछन्।

सेयर किन्न इच्छुक व्यक्तिहरूले आफूले किन्न चाहेको कित्ता उल्लेख गरी आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

बैंकले यस प्रक्रियाबाट इच्छुक र योग्यता भएका लगानीकर्तालाई संस्थापक समूहमा सेयर किन्न मौका दिने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको