Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तले ३७ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनको समयसीमा

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ०७ : ५३ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तले ३७ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनको समयसीमा

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना तीन संस्थापक सेयरधनीका नाममा रहेको कुल ३७,८०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीका अनुसार, यस सेयर खरिदको प्राथमिक अधिकार हाल संस्थामा रहेका संस्थापक सेयरधनीहरूमै सीमित हुनेछ। इच्छुक सेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र बनेपा–८, काभ्रेपलान्चोकस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ।

यदि तोकिएको समयभित्र कुनै संस्थापक सेयरधनीबाट खरिदको इच्छा व्यक्त नगरिएमा, कम्पनीले उक्त सेयर अन्य योग्य व्यक्तिहरूलाई बिक्री गर्न सक्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको