Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम स्टील्सको हकप्रद निष्काशनको तयारी, असार २५ गते विशेष साधारणसभा बोलाइयो

अर्थ संसार

शुक्रबार, ०६ असार २०८२, ०८ : ३२ मा प्रकाशित

सर्वोत्तम स्टील्सको हकप्रद निष्काशनको तयारी, असार २५ गते विशेष साधारणसभा बोलाइयो

सौरभ ग्रुप अन्तर्गतको उद्योग सर्वोत्तम स्टील्स प्रा.लि. ले हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ। कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन प्रस्ताव गर्दै असार २५ गते विशेष साधारणसभा आह्वान गरेको छ।

विशेष साधारणसभामा हकप्रद निष्काशनसँगै प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। पुँजी वृद्धि पश्चात कम्पनीको संरचना सुदृढ बनाउने उद्देश्यले प्रस्ताव गरिएको हकप्रद निष्काशनपछि, कम्पनीले आईपीओ निष्काशनको तयारी समेत अघि बढाउने बताइएको छ।

आईपीओ प्रक्रियालाई सहज बनाउन कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ। हकप्रद निष्काशन सम्पन्न गरेपछि कम्पनीले सार्वजनिक निष्काशन (IPO) ल्याउने योजना बनाएको छ, जसले सर्वसाधारण लगानीकर्ताहरूलाई पनि कम्पनीमा लगानी गर्ने अवसर दिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको