Like us!
Follow us!
Connect us!
Watch us!

टुरिजम इन्भेष्मेन्ट फण्डले आईपीओ निष्कासन गर्ने,बोलायो साधारणसभा

अर्थ संसार

शुक्रबार, ०६ असार २०८२, ०९ : ४४ मा प्रकाशित

टुरिजम इन्भेष्मेन्ट फण्डले आईपीओ निष्कासन गर्ने,बोलायो साधारणसभा

टुरिजम इन्भेष्मेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागी कम्पनीले असार २८ गते पोखरामा बिहान साढे ८ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले जारी पूँजीको २०.५३ प्रतिशत बराबर आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियार दिने लगायतका प्रस्ताव पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको