राष्ट्रिय बिमा कम्पनी लिमिटेडले असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनमोल क्याटरिङ सर्भिस प्रालि, शंखमूल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५/२०७६ आव २०७६/२०७७ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ।
कम्पनीले सोही दुई आवको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथान नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित सनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ। साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असार २३ गते देखि साधारणसभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस