Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सको ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरु

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १५ : ४० मा प्रकाशित

मन्जुश्री फाइनान्सको ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरु

डिजिटल सेवामा निरन्तर नवीनता ल्याउँदै मञ्जुश्री फाइनान्स लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सञ्चालनमा ल्याएको छ।

नवप्रवर्तनको क्रममा सुरु गरिएको यस सुविधामार्फत मञ्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप प्रयोग गरेर एनपीएस (नेपाल पेमेन्ट सिस्टम) मा आबद्ध कुनै पनि बैंक वा वित्तीय संस्थामा रकम निःशुल्क रूपमा स्थानान्तरण गर्न सकिनेछ।

कम्पनीका अनुसार यो सेवा डिजिटल बैंकिङको अनुभवलाई अझ सहज, सुरक्षित र छरितो बनाउने लक्ष्यसहित ल्याइएको हो।ग्राहक सन्तुष्टि र विश्वासलाई प्राथमिकतामा राख्दै मञ्जुश्री फाइनान्सले आकर्षक ब्याजदरमा निक्षेप, सहज कर्जा सुविधा लगायतका सेवाहरू दिँदै आएको छ।

हाल कम्पनीले २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत १ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जानकारी दिएको छ।डिजिटल प्रविधिमा आधारित यस्ता सेवाले वित्तीय कारोबारलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास कम्पनीले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको