मन्जुश्री फाईनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरुमार्फत प्रभात फेरी बाट गरेको छ । विश्वभरि नै मनाईने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाईनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट कार्यक्रमको आयोजना गरेको जानकारी गराएको छ । यस ग्लोबल मनी वीक २०२६ को मूल आधार Smart Money Talks भन्ने अभिप्रायलाई लिएर विभिन्न संघ संस्था तथा युवालाई मध्येनज़र गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रमको व्यवस्था गरिने छ ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०. ६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ। यस अघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरु माझ Manjushree Virtual Credit Card को सेवा पनि उपलब्ध गराउदै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस