अर्थ संसार, काठमाडौं– शिवम् न्यू डायमण्ड एकेडेमीको आयोजना तथा शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन हुने प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता २०७४ माघ २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।
लिगकम नकाउटका आधारमा खेलाईने प्रतियोगिताका सहभागि ६ टिमलाई दुई समूहमा बिभाजन गरिने छ । ढोरपाटन महिला डबल लिगको १३ औ सस्करणका उत्कृष्ट ६ स्थान हासिल गर्ने टिमले प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सहभागिताका लागि अनुमति पाउने छन् ।
नन्यू डायमण्ड एकेडेमी र शिवम् सिमेन्ट बीच भएको एक बर्षे सम्झौता अनुसार शिवम् न्यु डायमण्ड कपका लागि मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टले ५ लाख उपलब्ध गराउने भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५१ हजार, द्धितिय पुरस्कार १ लाख १ हजार,तृतिय पुरस्कार ५१ हजार तथा चौथो पुरस्कार २१ हजार रहेको छ । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी १० हजार नगद र आर्कषक ट्रफ्रि प्राप्त गर्ने छन् । बिधागततर्फ उत्कृष्ट स्पाइकर , उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनहि ५ हजार, ट्रफि प्राप्त गर्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस