बोरुसिया डर्टमुण्डले अमेरिकामा जारी क्लब विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ । दक्षिण कोरियाली क्लब उल्सान एचडीलाई १–० ले हराएपछि समूह एफको विजेता बन्दै डर्टमुण्ड अन्तिम १६ मा पुगेको हो ।
निको कोभाचको टोली सिन्सिनाटीमा भएको समूह चरणको अन्तिम खेलमा मैदान उत्रँदा, नकआउट चरणमा पुग्नका लागि बराबरी नतिजा नै पर्याप्त हुने स्थिति थियो । बैंक अफ अमेरिका स्टेडियममा ३६ औं मिनेटमा डानियल स्वेन्सनको गोलमा डर्टमण्डले अग्रता लिएको थियो ।
समूह एफकै अर्को खेलमा ब्राजिलको फ्लुमिनेन्सेले दक्षिण अफ्रिकी क्लब ममेलोडी सन्डाउन्ससँग गोलरहित बराबरी खेल्दै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ । डर्टमुण्डले ७, फ्लुमिनेन्सले ५, सन्डाउन्सले ४ अंक बटुल्दा उल्सान अंक विहिन रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस