Like us!
Follow us!
Connect us!
Watch us!

एकै पटक लिटरमा पाँच रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

अर्थ संसार

सोमबार, १६ असार २०८२, २२ : ०१ मा प्रकाशित

एकै पटक लिटरमा पाँच रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पहिलो पेट्रोलको मूल्य पहिलो वर्गमा १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रो वर्गमा १६५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गमा १४९ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपालय रहेका छन् ।

 

6862b8b4083e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको