नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले भुटानलाई ३५९ रनको लक्ष्य दिएको हो ।
निर्धारीत ५० ओभरमा नेपालले ५ विकेट गुमाएर ३५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवास्तवले शतक प्रहार गरे । उनले नेपालका लागि १६८ रनको पारी खेले । खराव सुरुवात गरेको नेपाले १७ रन जोड्दा २ ओपनरलाई गुमाएको थियो । तेस्रो विकेटका लागि रौनक र शिवान्शं बजगाईंले ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो अवस्थामा पु¥याएका थिए । शिवान्शंले ५४ रन बनाए । त्यस्तै नेपालका लागि जोय थापाले ६१ रानको योयदान दिए । नेपालका लागि सुगम बुढाथोकीले पनि ३५ रनको योगदा दिए ।
अघिल्लो खेलमा शतक प्रहार बनाएका प्रसिद्ध जैसी १४ बलमा ७ र परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए । नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस