Like us!
Follow us!
Connect us!
Watch us!

समूह विजेता बन्दै नेपाल सेमिफाइनमा, फाइन प्रवेशका लागि मलेसियासँग खेल्ने

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १४ : ३८ मा प्रकाशित

समूह विजेता बन्दै नेपाल सेमिफाइनमा, फाइन प्रवेशका लागि मलेसियासँग खेल्ने

नेपाली टोलिले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा अर्को फराकिलो जित निकालेको छ । अघिल्लो खेलमा पनि भारी अन्तरको जित निकालेको नेपालले आजको खेलमा पनि भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

जितका लागि ३५९ रनको लक्ष्य सहिज जबाफि ब्याटिङमा आएको भुटानी टोलिले जम्मा ६० रन मात्रै बनाउन सक्यो । उसका लागि सुजन दावा सर्वाधिक १४ रन बनाए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । भुटानको पारी ध्वस्त बनाउने क्रममा नेपालका कप्तान विपिन प्रसाद शर्मा एक्लैले ४ विकेट लिए । त्यस्तै सचिन भट्ट र सुयोग भट्टराईले समान २–२ विकेट लिए । भुटानका अन्तिम नम्बरमा खेलाडी ब्याटिङका लागि मैदान नआउँदा नेपालीले ३२ ओभर ४ बलमा ९ विकेट लिएको अवस्थामा विजयी भएको हो । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि रौनक श्रीवास्तबले १६८ रनको शतकीय पारी खेले । १७ रन जोड्दा २ ओपनर गुमाएको नेपालले त्यसपछि भने सम्मालिएर खेल्दै विशाल योगफल बनाउन सफल भएको थियो । 

नेपालका लागि रौनक बाहेक जोय थापाले नेपालका लागि ६१ रनको अविजित पारी खेले । त्यस्तै शिवान्शं बजगाईंले ५४ रनको योगदान दिए भने सुगम बुढाथोकीले पनि नेपालका लागि ३५ रनको योगदान दिए । यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह चरणको सबै ४ खेलमा अपराजित रह्यो । नेपालले अब फाइन प्रवेशका लागि अर्को समूहको उपविजेता मलेसियासँगै खेल्ने छ । समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको साविक विजेता हो 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको