डिजिटल रूपान्तरणमा निरन्तर अग्रसर कुमारी बैंक लिमिटेडले आफ्ना सेवाहरूमा नवप्रवर्तन थप्दै ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ। फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरू गरिएको यो सेवा कुमारी स्मार्ट मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सकिनेछ।
भर्चुअल क्रेडिट कार्ड भनेको भौतिक कार्ड नभई डिजिटल रूपमा जारी हुने क्रेडिट कार्ड हो, जसलाई ग्राहकले आफ्नो मोबाइल एपबाट सहजै सक्रिय गर्न सक्छन्।
ग्राहकहरूले यस कार्डमार्फत फोनपेका क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्नेछन्। साथै, भुक्तानी रकम सेटल गर्न अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने सुविधा (नियत शर्तहरू लागू हुने) प्राप्त गर्न सकिनेछ। सेटलमेन्टका लागि ग्राहकले १० प्रतिशत वा १०० प्रतिशत भुक्तानी विकल्पमध्ये छनोट गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस