Like us!
Follow us!
Connect us!
Watch us!

खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गर्न महत्वपूर्ण योगदान पुग्ने छः मन्त्री यादव

अर्थ संसार

बुधबार, १८ असार २०८२, ११ : ४५ मा प्रकाशित

खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गर्न महत्वपूर्ण योगदान पुग्ने छः मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा जारी चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।

३० जूनदेखि ३ जुलाई २०२५ सम्म सेभिल्लामा सञ्चालन भइरहेको ‘विकासका लागि वित्तीयकरण’ शीर्षकको यस सम्मेलनको छलफलमा सहभागी भएका मन्त्री यादवले नेपालको राष्ट्रिय प्रतिबद्धता — सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने — अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत गरिएको जानकारी दिए। साथै, सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनमा देखिएका कमजोरीहरू सुधार गर्दै अहिले उच्च राजनीतिक तहबाट प्रभावकारी कार्यान्वयनको दिशा निर्धारण गरिएको उनले उल्लेख गरे।

मन्त्री यादवले भने, 'नेपाल सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र बनेको सफलताले हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरेको छ। अब हाम्रो लक्ष्य सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्नु हो। अन्य देशहरूको अनुभवबाट सिक्दै नेपालले तीव्र प्रगति गर्ने रणनीति अवलम्बन गरेको छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रमा गरिएको प्रयास राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरणीय बन्ने विश्वास मन्त्री यादवले व्यक्त गरे।

उनले थपे, “विकासका लागि वित्तीय स्रोतको सुनिश्चितता र प्रभावकारी परिचालन नभएसम्म खानेपानी तथा सरसफाइ क्षेत्रमा रहेका संरचनागत चुनौतीहरू समाधान गर्न कठिन हुन्छ। प्रधानमन्त्री ओलीज्यू सहभागी हुनु भएको यस सम्मेलनले हाम्रो राष्ट्रिय प्रयासलाई अझ सशक्त बनाउनेछ र दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक दीर्घकालीन लगानी, सार्वजनिक–निजी साझेदारी तथा अन्तर्राष्ट्रिय सहयोगलाई थप मजबुत बनाउनेछ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको