अर्थसंसार, काठमाडौं– कालिका पावर कम्पनीले यही माघ २१ गतेदेखि आयोजना प्रभावित गारेखा जिल्लाका लागि ६ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । सूचनाअनुसार आगामी फागुन ६ गतेसम्म उक्त सेयर बिक्री गरिनेछ ।
कम्पनलिे आज एक सूचना प्रकाशित गरी पहिलो चरणमा आयोजना प्रभावित जिल्लाका लागि १० प्रतिशतको दरमा हुन आउने ६ करोड बराबरको साधारण सेयर बिक्री गर्न लागेको जनाएको हो ।
क कसले पाउछन् सेयर ?
गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४र ५ तथा ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत सेयर बिक्री गर्ने छ । ती गाविसका जनताले २ लाख ४० हजार कित्ता सेयर पाउनेछन् ।
गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरिएको छ ।
आयोजना प्रभावितलाई १० प्रतिशत सेयर बिक्री गरेपछि बाँकी रहने १५ प्रतिशत शेयर आम नेपालीका लागि बिक्री गर्ने कम्पनीको तयारी छ ।
दरखास्त दिदा न्यूनतम १० कित्ता र अधिकत्तम ३ हजार कित्ता सेयर आवेदन दिन सकिनेछ । कालिका पावर कम्पनीले निर्माण गरेको दरौदी कालिका ए जलविद्युत् आयोजनाले हाल ६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ ।
दरौदी खोलामा निर्माण गरिएको आयोजना सञ्चालनमा आएपछि गोरखा र आसपासका जिल्लामा विद्युत् भोल्टेजमा रहेको समस्या समाधान भएको छ भने गुणस्तरीय बिजुली प्राप्त भएको बताइएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्कोट लिमिटेड र ग्लोबल आइएमई लिमिटेड रहेको छ । कम्पनीको वित्तीय अवस्था औसत भन्दा तल रहेको छ । इक्रा नेपालले गरेको गे्रडिङमा कालिका पावरको अवस्था औसत भन्दा तल अर्थात् ग्रेड ४ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस