अर्थ संसार, काठमाडौं – सरकारको आधिकारिक तथ्यांकअनुसार जलविद्युत्को उत्पादन क्षमतामा प्रदेश नं २ सबैभन्दा कमजोर देखिएको छ ।
नेपालले हालसम्म मान्दै आएको कुल ८३ हजार मेगावाट क्षमता मध्ये प्रदेश नं २ मा मात्रै २०० मेगावाट रहेको छ ।
विद्यमान संघीइ संरचनामा जलविद्युत् तर्फ सबैभन्दा कमजोर अवस्था प्रदेश नं २ का लागि रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)काअनुसार प्रदेश नं २ का लागि वैकल्पिक उपाय र सोचको जरुरी रहेको छ ।
कुल जलविद्युत् उत्पादन क्षमताका हिसाबले प्रदेश नं ७ सबैभन्दा धनी रहेको छ । सो प्रदेशको मात्रै १८ हजार १४९ मेगावाट विद्युत् क्षमता रहेको छ ।
यस्तै दोस्रोमा प्रदेश नं ५ रहेको छ । सो प्रदेशको क्षमता १४ हजार ३० मेगावाट रहेको छ । तेस्रोमा प्रदेश नं १ रहेको छ । सो प्रदेशले १२ हजार ९५३ मेगावाट विद्युत् क्षमताको हैसियत राख्दछ ।
चौथोमा प्रदेश नं ३ रहेको छ । सो प्रदेशले १२ हजार ६३६ मेगावाट विद्युत्को क्षमता राख्दछ । प्रदेश नं ४ मा १० हजार २२८ मेगावाट र प्रदेश नं ६ मा ११ हजार ८०३ मेगावाट विद्युत् उत्पादनको क्षमता राख्दछ ।
सरकारले पछिल्लो पटक जल तथा ऊर्जा आयोग मार्फत गराइराखेको अध्ययनले थप क्षमताको बारेमा प्रष्ट पार्ने विश्वास लिइएको छ ।
स्वर्गीय इन्जिनियर हरिमान श्रेष्ठले विद्यावारिधीका लागि तयार पारेको सोधका आधारमा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको बताइदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस