Like us!
Follow us!
Connect us!
Watch us!

बलर हावी हुँदा नेपाललाई फाइनल पुग्न ९१ रनको सामान्य लक्ष्य

अर्थ संसार

विहीबार, १९ असार २०८२, १० : ३६ मा प्रकाशित

बलर हावी हुँदा नेपाललाई फाइनल पुग्न ९१ रनको सामान्य लक्ष्य

बलर हाभी हुँदा नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा सामान्य लक्ष्य पाएको छ । कसिलो बलिङ सामु निरही बनेको मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको हो । 

यो सँगै नेपालले फाइनल प्रवेशका लागि जम्मा ९१ रन बनाउनु पर्ने भएको छ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै मलेसियालाई सस्तैमा समेट्यो । मलेसियाले ४३.१ ओभरमा ९० रनमा अलआउट भयो । मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि अभय यादवले एक्लैले ४ विकेट लिए । शुबम खनालले पनि ३ विकेट लिए । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मलेसिया अर्को समूहको उपविजेता हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको