Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसीसी यू–१६ इस्ट कपको फाइनमा, मलेसिया ९ विकेटले पराजित

अर्थ संसार

विहीबार, १९ असार २०८२, ११ : ४७ मा प्रकाशित

नेपाल एसीसी यू–१६ इस्ट कपको फाइनमा, मलेसिया ९ विकेटले पराजित

नेपाल एसीसी यू–१६ इस्ट कपको फाइनमा प्रवेश गरेको छ । मेलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगको हो । 

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । परिमार्जन यादवले ५९ रनको योगदान दिए । त्यस्तै शिवान्श बजगाईंले पनि २३ रनको योगदान दिए । ओपनर प्रसिद्ध जैसी २ रनमा आउट भए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । मलेसियाका मोहम्मद फतुलले सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तोले १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्ने छ । फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको