Like us!
Follow us!
Connect us!
Watch us!

रुसद्वारा युक्रेनमाथि भिषण ड्रोन आक्रमण

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १७ : ०३ मा प्रकाशित

रुसद्वारा युक्रेनमाथि भिषण ड्रोन आक्रमण

रुसले युक्रेनको राजधानी कीभमा भिषण ड्रोन आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध रोक्ने प्रस्ताव नकारेको केही घण्टापछि मस्कोले कीभमा ड्रोन र मिसाइल बर्साएको हो ।

रुसले बिहीबार राति युक्रेनमाथि ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको छ । जुन हालसम्मकै भिषण आक्रमण हो । जसमध्ये ७२ वटा ड्रोनलाई रक्षा प्रणालीले समेत रोक्न नसक्दा विभिन्न स्थानमा खसेर विस्फोट भएको थियो । बिहीबार रातभर कीभमा ड्रोन र त्यसलाई आकाशमै परास्त गर्न अपनाइने रक्षा प्रणालीको विस्फोटका कारण आतंक सृजना भएको थियो ।

बिहीबार राति भएको भिषण आक्रमणका कारण शुक्रबार विहानसम्म युक्रेनी राजधानी कीभमा धुँवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसी आक्रमणका कारण कीभमा बिहीबार रातभर झन्डै ८ घण्टा आपतकालीन साइरन बजेको थियो । यसपटक रुसले युक्रेनी राजधानी कीभलाई निसाना बनाएको युक्रेनी सेनाका अधिकारहरुले बताए । सन् २०२२ को फेब्रुअरी यता रुसले लगातार युक्रेनमाथि आक्रमण गर्दै आएको छ । पछिल्लो तीन वर्षदेखि यी दुई देशबीच संघर्ष जारी छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको