Like us!
Follow us!
Connect us!
Watch us!

२४ देखि ४८ घण्टा भित्रमा इरानले इजरायलमाथी आक्रमण गर्नसक्ने अमेरिकी सञ्चारमाध्यमको दाबी

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १४ : ५३ मा प्रकाशित

२४ देखि ४८ घण्टा भित्रमा इरानले इजरायलमाथी आक्रमण गर्नसक्ने अमेरिकी सञ्चारमाध्यमको दाबी

इरानले २४ देखि ४८ घण्टा भित्रमा इजरायलमा आक्रमण गर्नसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

ब्लूमबर्गका अनुसार सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको हो । 

इरानले अप्रिल १ मा सिरियास्थित इरानी कन्सुलर विभागमा भएको आक्रमणको जवाफी कारबाही अप्रिल १२ पछिमात्र गर्ने इजरायलका सैन्य अधिकारीहरूले समेत अनुमान गरेका छन् । 

इदको अवसरमा टेलिभिजन सम्बोधनका क्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले जसरी पनि इजरायलसँग बदला लिने बताएका छन् ।

अप्रिल १२ मा समाप्त हुने ईद उल–फित्रको बिदापछि मात्र इरानले जवाफी कारबाही गर्ने बताइएको छ । इरानले जवाफी कारबाहीमा नागरिक बहुल्यताभन्दा पनि उसले सैन्य अड्डा र महत्वपूर्ण पूर्वाधारहरुमा आक्रमण गर्ने बताइएको छ ।

यसैबीच इरानले आक्रमण गर्ने लगभग पक्का भइसकेको उल्लेख गर्दै अमेरिकाले इजरायललाई यसबारे सूचना दिइसकेको ब्लूमबर्गले जनाएको छ ।

यता इजराइलका विदेश मन्त्रीले बुधबार इरानले इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको