Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी आक्रमणको बदलामा इरान : इजरायलमाथि शक्तिशाली हमला

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १४ : ४० मा प्रकाशित

अमेरिकी आक्रमणको बदलामा इरान : इजरायलमाथि शक्तिशाली हमला

इरानले अमेरिकी आक्रमणको बदलामा इजरायल माथि भिषणा आक्रमण गरेको छ । अमेरिकाले इरानको आणविक केन्द्रहरूमा बम विस्फोट गरेको केही घण्टापछि नै तेहरानले प्रमुख शहरहरूलाई लक्षित गर्दै इजरायलमाथि हमला थालेको हो । 

इजरायली सेनाले इरानी क्षेप्यास्त्रहरूको नयाँ समूह पत्ता लगाएपछि मध्य र उत्तरी इजरायलमा साइरन बजेको छ । इजरायली सेनाले आफ्नो आणविक केन्द्रहरूमा आक्रमण गरेमा इरानले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिइ सकेको छ । तर पनि इरानले जबाफि आक्रमण गरिरहेको छ । 

इरानले अब आफ्नो सबैभन्दा उन्नत क्षेप्यास्त्रहरू मध्ये एक, खेयबर–शेकान तैनाथ गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यामलहरुले जनाएका छन् । इजरायली आक्रमणहरूले इरानी आणविक सुविधाहरू, सैन्य स्थलहरू र आवासीय भवनहरूलाई लक्षित गर्न जारी राखेपछि इरान थप आक्रामक बनेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको