Like us!
Follow us!
Connect us!
Watch us!

सांसद प्रेम सुवालको चेतावनी: 'वायुसेवा निजीकरण भयो भने भोलि सिंहदरबार पनि विदेशीलाई दिनुपर्ने अवस्था आउँछ'

अर्थ संसार

आइतबार, २२ असार २०८२, ११ : ३३ मा प्रकाशित

सांसद प्रेम सुवालको चेतावनी: 'वायुसेवा निजीकरण भयो भने भोलि सिंहदरबार पनि विदेशीलाई दिनुपर्ने अवस्था आउँछ'

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल वायुसेवाको निजीकरणप्रति गम्भीर आपत्ति जनाउँदै सो सम्बन्धी प्रस्ताव विधेयकमा स्पष्टरूपमा निषेध गरिनुपर्ने माग गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सुवालले 'नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१' मा निजीकरणको बाटो खुला गरिएको भन्दै आपत्ति जनाए। विधेयक संशोधनकर्ताहरूसँगको छलफलमा उनले निजीकरणको दिशा गलत रहेको तर्क गरे।

सुवालले भने, 'सबै कुरा निजीकरण गर्ने हो भने भोलि सिंहदरबार पनि कुनै विदेशी कम्पनीलाई सञ्चालन गर्न दिनुपर्ने अवस्था आउन सक्छ।' उनले थपे, 'सरकारले केही गर्न नसक्ने अनि निजी व्यक्तिको कम्पनीले देश चलाउने उद्देश्य लिएको यो विधेयक स्वीकार्य छैन। त्यसप्रति सचेत हुनुपर्छ।'

उनले व्यवस्थापन करार, सेयर निस्कासन वा बिक्रीजस्ता कुनै पनि निजीकरण प्रक्रिया विधेयकमा उल्लेख नगरिनुपर्ने स्पष्ट धारणा व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको