Like us!
Follow us!
Connect us!
Watch us!

सांसद रोशन कार्कीको आरोप:- 'नेताहरूको रगतमा नै भ्रष्टाचार मिसिएको छ'

अर्थ संसार

आइतबार, २२ असार २०८२, ११ : ४१ मा प्रकाशित

सांसद रोशन कार्कीको आरोप:- 'नेताहरूको रगतमा नै भ्रष्टाचार मिसिएको छ'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपालमा व्याप्त भ्रष्टाचारको कडा आलोचना गर्दै नेताहरूको रगतमा नै भ्रष्टाचार मिसिएको टिप्पणी गरेकी छन्। आइतवार, असार २२ गते सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले यस्तो धारणा राखेकी हुन्।

बैठकमा सांसद कार्कीले उड्न नसक्ने विमान किन्ने र सञ्चालनमा आउन नसक्ने विमानस्थल निर्माण गर्ने प्रचलन नेपालमा निरन्तर जारी रहेको उल्लेख गरिन्। यस्तो अवस्थाको मूल कारण भ्रष्टाचार भएको उनको दाबी छ।

उनले भनिन्, 'हामी यस्तो स्थितिमा छौं कि उड्न नसक्ने प्लेन किन्छौं, चल्न नसक्ने एयरपोर्ट बनाउँछौं। यसको मुख्य कारण हो—भ्रष्टाचार। हामी यति भ्रष्टाचारमा लिप्त भइसकेका छौं कि अब त हाम्रो रगतमा नै भ्रष्टाचार मिसिएको छ।'

सांसद कार्कीले विमान चढ्दा यात्रुले भगवान पुकार्दै चढ्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित हवाई यात्रा सुनिश्चित गर्ने वातावरण बनाउनेतर्फ जोड दिइन्। 'अब हामी प्लेन चढ्दा सुरक्षित गन्तव्यमा पुगिन्छ भन्ने विश्वास गर्न सकौं,' उनले भनिन्, 'हाम्रा नातागोता र आफन्तलाई पनि हामीले ढुक्कले भन्न सक्नुपर्छ कि उनीहरू सुरक्षित गन्तव्यमा पुग्नेछन्।'

उक्त बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको