सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मिति असार २३ गतेदेखि अवितरित हकप्रद सेयरहरू लिलामीमार्फत बिक्री गर्न थालेको छ। यस लिलामी प्रक्रियाअन्तर्गत कम्पनीले कुल २ लाख २४ हजार ५०६ कित्ता सेयर सार्वजनिकरूपमा प्रतिस्पर्धात्मक दरमा बिक्री गर्न लागेको हो।
कम्पनीले बिक्रीमा राखेका उक्त सेयरमध्ये संस्थापक समूहअन्तर्गतका ८० हजार २२२ कित्ता तथा सर्वसाधारण समूहतर्फका ४ हजार ४९ कित्ता सेयर लकइन अवधिमा रहेका छन्, जुन आगामी वर्षको भदौ १४ गतेसम्म कायम रहनेछ। यता, सर्वसाधारण समूहकै १ लाख ४० हजार ४५७ कित्ता सेयर भने लकइनमुक्त रहेको छ, जसलाई खरिद गरेपछि तुरुन्तै कारोबार गर्न सकिनेछ।
उक्त लिलामी सेयरहरू कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागेको हो। इच्छुक व्यक्तिहरूले उक्त सेयरहरूमा प्रस्ताव पेश गर्न सक्नेछन्। आवेदन दिने क्रममा सर्वसाधारण समूहका लागि कम्तीमा १०० कित्ता र संस्थापक समूहका लागि न्यूनतम १,००० कित्ता सेयरका लागि आवेदन अनिवार्य गरिएको छ। त्यसबाहेक, इच्छुक आवेदकले खरिद गर्न चाहेको समूहतर्फ उपलब्ध सम्पूर्ण सेयरका लागि पनि आवेदन दिन सक्नेछन्।
सेयर लिलामीमा सहभागी हुन चाहने व्यक्तिहरूले साउन ३० गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको ठमेलस्थित कार्यालय, सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडकस्थित केन्द्रीय कार्यालय तथा बिराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यस लिलामी प्रक्रिया अन्तर्गत सेयरको विक्री तथा व्यवस्थापनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस