पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले सरेण्डर गर्नेको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा १०.९७ प्रतिशतले पोलिसी सरेण्डर गर्नेको संख्या बढेको छ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्मको अवधिमा १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएका छ । गत आर्थिक वर्षको सोही अवधिमा भने जीवन बीमा कम्पनीहरुबाट १२ अर्ब २० करोड ३३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको थियो ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरुका लागि पोलिसी सरेण्डर टाउको दुखाइको विषय बन्दै गइरहेको छ । आर्थिक संकुचनका कारणले पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको बीमा क्षेत्रका जानकारहरुले बताउने गरेका छन् । बीमा बापतको रकम तिर्न नसक्ने र त्याग गर्दा आउने रकमले घर व्यवहार समेत चलाउनु पर्ने अवस्था देखिएको छ ।
प्राधिकरणका अनुसार ११ महिनाको अवसिधम्म बीमा कम्पनीहरुबाट ९८ हजार ४१ वटा पोलिसी सरेण्डर भएका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १.९७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा १ लाख १२ वटा पोलिसी त्याग भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस