Like us!
Follow us!
Connect us!
Watch us!

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

अर्थ संसार

सोमबार, २३ असार २०८२, १७ : २१ मा प्रकाशित

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

नेपालकै अग्रणी अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतिक्षित '७.७ ह्वाट द फ्ल्याश' सेलको घोषणा गरेको छ।

यो विशेष सेल अभियान असार २३ गते (जुलाई ७) देखि असार २७ गते (जुलाई ११) सम्म सञ्चालन हुनेछ। दराजले उपभोक्तालाई ७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र ६० लाख रुपैयाँ बराबरका भौचरहरूको साथमा धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। यस वर्षको ७.७ सेलमा स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन रहनेछ। जारा, एचएण्डएम, एचआरएक्स, र यूएस पोलो जस्ता प्रतिष्ठित सात ब्रान्डले आफ्ना विशेष कलेक्शनहरू प्रस्तुत गर्नेछन् र प्रत्येक ब्रान्डले ७ वटा विशेष उत्पादन मात्र रु. ७७७ मा उपलब्ध गराउनेछ।

यसका साथै मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकीलगायत सयभन्दा बढी लोकप्रिय एफएमसीजी र फेसन ब्रान्डले ५० प्रतिशतसम्मको सीधा छुट दिनेछन्।

उपभोक्ताका लागि किनमेललाई अझ रोमाञ्चक बनाउन ‘फास्टेस्ट फिंगर फ्ल्याश सेल’ पनि उपलब्ध हुनेछ, जसअन्तर्गत छानिएका उत्पादनहरू रु. ७, रु. ७७, रु. ७७७ र रु. ७,७७७ मा पाइनेछन्।

दराजको भनाइमा, यो सेल केवल छुटमा सीमित नभई ग्राहकलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव दिन पनि लक्षित गरिएको छ। सेल अवधिमा स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीका उत्पादनहरूमा विशेष अफरहरू प्रदान गरिनेछ।  ग्राहकहरूको सुरक्षाका लागि दराजले 'बेस्ट प्राइस ग्यारेन्टीड' (BPG) सुविधा पनि जारी राखेको छ। यसअन्तर्गत, कुनै उत्पादन दराजमा भन्दा सस्तोमा अरु नेपाली अनलाइन प्लेटफर्ममा भेटिएमा, दराजले मूल्य अन्तरको दोब्बर रकम ग्राहकलाई पुरस्कारस्वरूप फिर्ता गर्नेछ। यद्यपि, यसका लागि निश्चित सर्तहरू लागू हुनेछन्।

यस सेल अन्तर्गत रु. ४९९ वा सोभन्दा बढीको खरिदमा छानिएका उत्पादनमा निःशुल्क डेलिभरीको सुविधा पनि उपलब्ध हुनेछ। यो सुविधा पाउन ग्राहकहरूले दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरेर भौचर संकलन गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको