Like us!
Follow us!
Connect us!
Watch us!

नीतिगत क्षेत्रमा भन्दा कृषि क्षेत्रमा छिटो परिणाम देखाउन सकिने : उपाध्यक्ष अधिकारी

अर्थ संसार

मंगलबार, २४ असार २०८२, १७ : ०८ मा प्रकाशित

नीतिगत क्षेत्रमा भन्दा कृषि क्षेत्रमा छिटो परिणाम देखाउन सकिने : उपाध्यक्ष अधिकारी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले नीतिगत क्षेत्रमा भन्दा कृषिमा परिणाम देखाउन सकिने बताएका छन् । 

नेकपा एमाले केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागको आयोजनामा आज काठमाडौंमा आयोजित  रैथाने बीउ तथा पशु नस्ल संरक्षण, विकास र पवर्धनः आत्मनिर्भर कृषि र राष्ट्रिय स्वाभिमानको आधार विषयक राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै उनले  यस्तो  बताएका हुन् ।  

उपाध्यक्ष अधिकारीले कृषि क्षेत्रमा छोटो समयमै परिणाम देखाउन सकिने तर नीतिगत क्षेत्रमा भने परिणाम देखिन ढिलो हुने,  देखिए पनि कुन दिशामा जाने र त्यसको असर कस्तो हुने आङ्कलन गर्न गाह्रो पर्ने बताए । 

 उपाध्यक्ष अधिकारीले कृषिमा रैथाने र हाइब्रिड मध्ये कहाँ कुनलाई कसरी लिने भन्ने बारेमा प्रश्न रहेको गर्दै उत्पादन, आर्थिक वृद्धिका हिसाबले हेर्ने हो भने हाइब्रिडलाई महत्त्व  दिनुपर्ने तर रैथाने बालीले इको सिस्टमलाई संरक्षण गर्ने, पोषण मूल्यलाई अभिवृद्धि गर्ने महिलाहरूको आयआर्जनलाई बढाउने भएकाले यसलाई पनि बिर्सन नहुने धारणा राखे । 

उनले कति मुरी कति केजी उत्पादन भयो भन्दा पनि यसले कति वातावरणीय संरक्षण र सुरक्षा प्रदान गर्‍यो, कति महिलाहरूको आयआर्जन र जीवनस्तरमा सुधार गर्‍यो भन्ने कुरालाई मुल्याङकन गर्नु जरुरी रहेको बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको