Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा स्याहार अर्थतन्त्रलाई मूलधारमा ल्याउन जरुरी छ : उपाध्यक्ष अधिकारी

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १६ : २९ मा प्रकाशित

नेपालमा स्याहार अर्थतन्त्रलाई मूलधारमा ल्याउन जरुरी छ : उपाध्यक्ष अधिकारी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले केयर अर्थतन्त्रलाई मूलधारमा ल्याउन आवश्यक भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एशिया–प्रशान्त केयर लर्निङ सप्ताह २०२५ कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले 'बिना भुक्तानी स्याहार कार्य र न्यून मूल्याङ्कन गरिएका स्याहार रोजगारहरू समाजको अदृश्य आधार भएको बताए ।

उनले मूलधारको आर्थिक मापनले यसलाई समेट्न नसकेको र केयरलाई बेवास्ता गर्दा यसको लागत असमानता, नाजुकता, र उत्पादकत्व घट्ने र विकासका अवसर गुम्ने समेत बताए । उपाध्यक्ष अधिकारीले नेपालको १६ औं योजनामा केयर कार्यलाई औपचारिक, रोजगारी सिर्जना गर्ने र महिलाको आर्थिक सशक्तीकरणमा जोड दिने, गौरवपूर्ण श्रम प्रवर्द्धन कार्यक्रम मार्फत केयर कार्यलाई मर्यादित रोजगारीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताए ।

उनले महिलाहरूले बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहको सबैभन्दा ठुलो भार उठाइरहेको र यसले उनीहरूको शिक्षा र रोजगारीमा सहभागिता सीमित बनाएको समेत बताए ।साथै, उनले छिटै राष्ट्रिय केयर नीति ल्याउने तयारी भइरहेको भन्नुहुँदै जसले केयरलाई बृहत् अर्थतन्त्रमा समेट्ने समेत विश्वास व्यक्त गरे।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको